गैरकानुनी गतिविधिमा संलग्न ८० भन्दा बढी विदेशी नागरिक पक्राउ

गैरकानुनी गतिविधिमा संलग्न  ८० भन्दा बढी विदेशी नागरिक पक्राउ

काठमाण्डौ : काठमाण्डौमा गैरकानुनी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले करिब ८० जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।

भिजिट भिसामा नेपाल आई यहीँ कार्यालय खोलेर गैरकानुनी गतिविधि गरेको पाइएपछि विदेशी नागरिक पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

‘विशेष अप्रेसन’ नै चलाएर परिसरले सोमबार बुढानिलकण्ठ, मनमैजु, बाँसबारीलगायत ठाउँबाट ८० जनाभन्दा बढी नागरिक विदेशी नागरिक पक्राउ गरेको हो।

बिदेशी नागरीकको गैरकानुनी धन्दाको विस्तृतबारे केही खुलाइएको छैन । पक्राउ परेकामा अधिकांश चिनियाँ नागरिक रहेको उनले बताए। चिनियाँ नागरिक पछिल्लो समय बैंकको सिस्टम ह्याकिङ प्रकरणमा जोडिएपछि प्रहरीले उनीहरूमाथि निगरानी बढाएको छ।