३३ एसएसपीको सरुवा : काठमाडाैंमा अशोक सिंह, ललितपुरमा किरण बज्राचार्य (सूचीसहित)

३३ एसएसपीको सरुवा : काठमाडाैंमा अशोक सिंह, ललितपुरमा किरण बज्राचार्य (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । कात्तिक ७ गते आइतबारदेखि लागू हुने गरी नेपाल सरकार, गृह मन्त्रालयले शुक्रबार निर्णय गरेको हो । 

गृह मन्त्रालयले निकालेको विज्ञप्तिमा महानगरीय प्रहरी परिसर काठमाण्डौ र ललितपुरका प्रमुख पनि परिवर्तन भएका छन् । काठमाडौं परिसरका प्रमुखमा अशोक सिंहलाई ल्याइएको छ भने ललितपुर परिसरका प्रमुखमा किरण बज्राचार्यलाई ल्याइएको छ । अहिले काठमाण्डौमा श्यामलाल ज्ञवाली र ललितपुरमा टेकप्रसाद राई हुनुहुन्छ ।

यस्तै, महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाह पथका प्रमुखमा जनक भट्टराईलाई ल्याइएको छ । अहिले रामशाह पथमा भीमप्रसाद ढकाल हुनुहुन्छ ।  

हेर्नुहोस् सूची–