चिनियाँ विदेशमन्त्री वाङ यी अर्को साता नेपाल आउँदै

चिनियाँ विदेशमन्त्री वाङ यी अर्को साता नेपाल आउँदै

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी अर्को साता नेपाल आउने भएका छन्। काठमाडौंमा आयोजना हुने ‘युनान स् सांग्रिला सांस्कृतिक आदानप्रदान कार्यक्रम’ को समापनका अवसरमा वाङ नेपाल आउन लागेको अनुमान गरिएको छ। तर नेपालस्थित चिनियॉं दूतावासले यसबारे स्पष्ट रूपमा खुलाएको छैन।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औं वर्षगाँठका अवसरमा नेपाल चाइना मिडिया फोरमले उक्त कार्यक्रम आयोजना गरेको हो। नोभेम्बर २० देखि २६ तारिखसम्म हुने कार्यक्रमको शुक्रबार राष्ट्रियसभाका अध्यक्ष  र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईको उपस्थितिमा उद्घाटन गर्ने कार्यक्रम छ।

कार्यक्रममा महत्वपूर्ण तस्बिर, हस्तकला, साङ्ग्रिलाका आकर्षक विशेषता झल्काउने सामग्री आदिको प्रदर्शन गरिने जनाइएको छ। यसैबीच भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला समेत नेपाल भ्रमणमा आउॅंदै छन्।