काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक एवम् सांस्कृतिक महत्त्वको इन्द्रजात्रा पर्व समापन समारोहका अवसरमा वसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी श्री कुमारीको दर्शन गरेका छन्।
राष्ट्रपति पौडेलले श्री कुमारीका साथै श्री भैरव र श्री गणेशको पनि विधिपूर्वक दर्शन तथा पूजाआजा गरे। सो अवसरमा उनले जीवित देवी श्री कुमारीको हातबाट टीका, फूल र प्रसाद ग्रहण गरेका थिए।
समारोहमा सहभागी हुन राष्ट्रपति पौडेल प्रथम महिला सबीता पौडेलसहित न्यूरोडस्थित जुद्ध शमशेरको शालिकदेखि कुमारी घरसम्म पैदल यात्रा गर्दै पुगेका थिए।