सचिवालय बैठक अगाडि ओली र प्रचण्डबीच छलफल जारी

सचिवालय बैठक अगाडि ओली र प्रचण्डबीच छलफल जारी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अगावै अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक अगाडि दुई जना अध्यक्षबीच छलफल भएको हो । पार्टीभित्र देखिएको विवाद समाधानका लागि बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री ओलीले आजै २ बजेको लागि मन्त्रिपरिषद् बैठक पनि बोलाएका छन् ।