सामथ्र्य आमा समुहमा क्यान्सर सचेतना

सामथ्र्य आमा समुहमा क्यान्सर सचेतना

मिना कंडेल,नवलपुर : पूर्वी नवलपरासीको कावासोती तीनमा रहेको सामथ्र्य आमा समुहमा क्यान्सर सचेतना कार्यक्रम भएको छ । प्रस्तावित राधा क्यान्सर सचेतना फाउण्डेसनको आयोजनामा भएको कार्यक्रममा क्यान्सर बाट कसरी जोगीन सकिन्छ भन्ने बारेमा जानकारी गराइएको छ । स्वयम स्तन क्यान्सरसंग जुद्धदै गर्नुभएकी राधाले क्यान्सररोग बारे आफ्ना अनुभवहरु सुनाउनुभएको थियो ।

साथै उहाँले आफुले अपनाइरहेको उपचारपद्धतिका बारेमा समेत सुनाउनुभएको थियो । विगत एक बर्ष अघिबाट क्यान्सरको सामना गरीरहनुभएकी राधाले आफ्ना अनुभव विभिन्न ठाउँमा पुगेर सुनाइरहनुभएको छ । क्यान्सर रोगको जनचेतना अब ग्रामीण क्षेत्रसम्म पु¥याउनुपर्ने आवश्यकता औँल्याउँदै त्यसका राधाले स्थानियहरुसंग सहकार्य गरेर सचेतना कार्यक्रम संचालन गरीरहनुभएको छ । साथै उहाँले महिला हिंसबाट पिडित नहुन र हिंसामा परे सहेर नबस्न समेत सहभागीहरुलाइृ आग्रह गर्नुभयो ।

पछिल्लो समय महिला हिंसा बढेको र आफुपनि हिंसाको सिकार बनेकाले अब सबै एक जुट भएर हिंसा अन्त्य गर्न हातेमालो गर्नुपर्ने बताउनुभयो । साथै उहाँले स्वाथ्य आहार बारे पनि कार्यक्रममा जानकारी गराउनुभएको थियो । तर स्तन क्यान्सर महिला मृत्युको प्रमुख कारण भने होइन । विश्व स्वाथ्य संगठनको गाईड अनुसार नेपालमा बर्से्नि क्यान्सरका ४० हजार नयाँ रोगी थपिएको देखाउँछ ।

तीमध्ये करिब ५ हजार स्तन क्यान्सरका रोगी हुने लागेको बताईन्छ । यता नेपालका १२ बटा क्यान्सर अस्पतालको तथ्याङ्कअनुसार बार्षिक १० हजार जना मात्र उपचारकालागी अस्पताल पुग्ने गरेको विपी कोईराला मेमोरीयल क्यान्सर अस्पतालका क्यान्सर रोकथाम नियन्त्रण तथा अनुसन्धान विभागका निर्वतमान प्रमुख किशोर प्रधानाङ्गले जानकारी दिनुभयो ।