कोरोनाका कारण एकै दिन कांग्रेसका दुई नेताको मृत्यु

कोरोनाका कारण एकै दिन कांग्रेसका दुई नेताको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट एकै दिन नेपाली कांग्रेसका दुई नेताको मृत्यु भएको छ । नेपाली कांग्रेसका अनुसार सप्तरी र डोटीका नेताको कोरोनाका कारण मृत्यु भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार सप्तरीको कञ्चनपुर गाविसका पूर्व उपाध्यक्ष एवं कांग्रेस महाधिवेशन प्रतिनिधि रामभरोसी गुप्ताको कोरोनाबाट मृत्यु भएको छ ।  गुप्ताको ६५ वर्षको उमेरमा विराटनगरमास्थित विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको हो।

यस्तै कोरोना संक्रमणको कारण डोटीमा कांग्रेस नेता तेजबहादुर पुन मगरको मृत्यु भएको छ। केआईसिंह गाउँपालिका ४ को पूर्वीयाबगर घर भएका ५० वर्षीय पुनको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा बुधबार मृत्यु भएको हो। कांग्रेस डोटीबाट महाधिवेशन प्रतिनिधि रहेका मगर नेपाल आदिवासी जनजाति सङ्घ डोटीका अध्यक्षसमेत थिए।