सागमा खटिएका स्वयम सेवकद्रारा राखेपविरुद्ध नारावाजी

सागमा खटिएका स्वयम सेवकद्रारा राखेपविरुद्ध नारावाजी

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा खटिएका स्वय सेवकहरुले दशरथ रंगशालामा प्रदर्शन गरेका छन् । साग खेलकुदमा खटिएका स्वयं सेवकलाई राष्ट्रिय खेलकुद परिषद्र (राखेप) ले प्रमाण पत्र वितरण गर्न बुधबार विहान आयोजना गरेको कार्यक्रममा उनीहरुले नारावाजी र प्रदर्शन गरेका हुन् ।

सागको भोलेन्टियरमा खटिएकाहरुलाई जथाभावी रुपमा प्रमाणपत्र वितरण गरेको, प्रमाणपत्र हस्तलिखित भएको र प्रमाणपत्रहरुमा नामसमेत विगारेको भन्दै उनीहरुले राखेप विरुद्ध नाराबाजी गरेका हुन् ।साग खेलकुदका क्रममा ५ सय स्वयं सेवक खटाइएको थियो ।