डिजेल र मट्टितेलमा मूल्य वृद्धि

डिजेल र मट्टितेलमा मूल्य वृद्धि

काठमाडौं : नेपाल आयल निगम लिमिटेडले डिजेल र मट्टितेलमा १ रुपैयाँ मूल्य वृद्धि गरेको छ। पेट्रोलको मूल्य भने यथावत नै राखेको छ ।

अन्तराष्ट्रिय बजार मूल्यबमोजिमको खरिद मूल्य केही बढेर आएको हुँदा “पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१” अनुसार निगमले मिति २०७६/०९/०१ मंगलबार राति १२:०० बजेदेखि लागू हुने गरी साविकको डिजल र मट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रति लिटर १.०० ले वृद्धि गरी मूल्य समायोजन गरेको छ । पेट्रोल, हवाई ईन्धन र एलपि ग्यासको खुद्रा बिक्री मूल्य यथावत नै राखिएको छ ।

गएको एक महिनामा यो नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थहरुमा दोस्रो चोटि मूल्य वृद्धि गरेको छ।