सामूहिक बलात्कारको आरोपमा दुई जना पक्राउ

काठमाडौं : सामूहिक बलात्कारको आरोपमा प्रहरीले तारकेश्वर नगरपालिका ४ पुरानो गुहेश्वरीबाट दुई जनालाई पक्राउ गरेको छ । ३० वर्षकी महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी निरीक्षक गम्भीरजंग थापाले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको उनको भनाइ छ । प्रहरीका अनुसार ३९ वर्षका रोमराज पुतुवार र ४९ वर्षका लाले गुरुङ पक्राउ परेका छन् ।