कलाकार भट्टराई र क्षेत्रीकाे निधनलाई लिएर प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै देशले प्रतिभावान् दुई जना कलाकार गुमाएको जनाउनुभएको छ । 

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘गएको दुई दिनमा हामीले दुई प्रतिभावान् गुमायौँ । उहाँहरुको कला सधैँ हाम्रो स्मृतिमा रहनेछ ।’ 

https://twitter.com/PM_Nepal/status/1206395224525660160