छ माया छपक्कै प्रर्दशनको चौथो हप्तामा , १२ करोड बराबरको कारोबार

छ माया छपक्कै प्रर्दशनको चौथो हप्तामा , १२ करोड बराबरको कारोबार

काठमाडौँ : गत असोज २४ गते देखी देशभर प्रदर्शन भइरहेको फिल्म ‘छ माया छपक्कै’ प्रदर्शनको चौथो सातामा प्रवेश गरेको छ । दसैँको अवसर पारेर प्रर्दशनमा आएको चलचित्रले प्रदर्शनको चौथो हप्तामा प्रवेश गर्नुकासाथै हालसम्म १२ करोड नजिकको कारोवार गरेको छ । नेपाली फिल्मले एकसाता पनि राम्रो व्यवसाय गर्न नसकिरहेको बेला ‘छ माया छपक्कै’ ले भने प्रदर्शनको चौथो साता पार गर्न सफल भएको छ ।

‘फिल्मले अहिले पनि राम्रो दर्शक पाइरहेको छ,’ निर्माता रोहित अधिकारीले भने ‘दर्शकको माया देख्दा हामी निकै खुसी छौँ ।’ राजनीतिक विषयलाई हाँस्यरसमा ढालेर निर्माण भएको फिल्मको विषयवस्तु समीक्षकले समेत तारिफ गरेका कारण पनि यो फिल्म राम्रो चल्न सफल भएको हो । मिडियामा सकारात्मक समीक्षा आएपछि हलमा दर्शक बढ्ने ‘छ माया छपक्कै’ ले आफुलाई अनुभव गराएको निर्देशक दीपेन्द्र लामाले बताए । फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्टलगायतको अभिनय रहेको छ ।

मिडियामा सकारात्मक समीक्षा आएपछि हलमा दर्शक बढ्ने ‘छ माया छपक्कै’ ले आफुलाई अनुभव गराएको निर्देशक दीपेन्द्र लामाले बताए । फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्टलगायतको अभिनय रहेको छ ।