काठमाडौं। शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको एक साता पुग्दै गर्दा हलहरूमा दर्शकको उल्लेख्य र उत्साहजनक साथ पाएको छ।
बुधबार राजधानीका विभिन्न सिनेमा हलहरूमा चलचित्र हेर्न पुगेका दर्शकहरूको उपस्थिति र उत्साह बाक्लो देखिएको थियो। प्रदर्शनको पहिलो दिनदेखि नै सकारात्मक प्रतिक्रिया पाउन सफल यस चलचित्रले साताभर नै दर्शकलाई हलसम्म आकर्षित गरिरहेको छ।
चलचित्र हेरेर बाहिरिएका दर्शकहरूले यसको कथावस्तु, मनोरञ्जनात्मक प्रस्तुति र कलाकारहरूको अभिनयको खुलेर प्रशंसा गरेका छन्। प्रदर्शनको पहिलो सातामै दर्शकबाट सोचेजस्तै माया र साथ पाएपछि चलचित्र निर्माण टिम पनि निकै उत्साहित बनेको छ।