काठमाडौँ । नेपाली लोकसंगीत क्षेत्रकी चर्चित तथा लोकप्रिय गायिका विष्णु माझीको नयाँ लोक दोहोरी गीत ‘फूल प्याउलीको’ सार्वजनिक भएको छ । गीतमा नवराज पन्तको शब्द छ । संगीत स्वयं गायक वसन्त थापाले भरेका छन् ।
‘डाडै फुर्के सल्लो’ , ‘सालको पातको टपरी’जस्ता लोकप्रिय गीतमा सहकार्य गरेका गायिका माझी, गायक थापा र गीतकार पन्तको केही समयको अन्तरालपछि पुनः सहकार्य भएको हो ।
मौलिक भाका र नेपाली जनजीवनको मिठास समेटिएको गीतमा माझीलाई स्वरमा गायक एवं संगीतकार वसन्त थापाले साथ दिएका छन् ।
नेपाली गाउँघरको संस्कृति, लाहुरे परिवेश, मौलिक जीवनशैली र मायाप्रेमको भावलाई गीतमा सुन्दर ढंगले प्रस्तुत गरिएको छ । भिडिओको निर्देशन तथा कोरियोग्राफी मौसम हिमालीले गरेका हुन् । नवराज उप्रेतीले खिचेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् ।