नेपाली कथानक चलचित्र 'युग'को करिब ९० प्रतिशत छायांकन सम्पन्न

नेपाली कथानक चलचित्र 'युग'को करिब ९० प्रतिशत छायांकन सम्पन्न

काठमाडौं। हिमालयन मुभिज प्रोडक्सन हाउसको निर्माणमा निर्माणाधीन नेपाली कथानक चलचित्र 'युग'को करिब ९० प्रतिशत छायांकन समाप्त भएको छ।

करिब तीन सातासम्म देशका विभिन्न स्थानमा छायांकन गरेर निर्माण टोली काठमाडौं फर्किसकेको र बाँकी छायांकन राजधानीमै गरिने निर्माण स्रोतले जानकारी दिएको छ।

सरोज खनाल, दिक्पाल कार्की, हिमानी सुब्बा, तारा के.सी., गीता अधिकारी, अभिषेक खड्का, टिना आले मगर, सुरवीर पण्डित लगायतको अभिनय रहेको यस चलचित्रको विषयवस्तुबारे भने केही खुलाइएको छैन।

प्रतिकूल मौसमका कारण छायांकनमा केही असर परेको र मौसममा सुधार हुनासाथ बाँकी काम सम्पन्न गरिने चलचित्रका लेखक तथा निर्देशक कोमलनाथ खतिवडाले जानकारी दिएका छन्। चलचित्र 'युग'को मुख्य सहायक निर्देशनमा मनिष राउत रहेका छन् भने छायांकनको जिम्मेवारी मुकेश हुमागाईंले लिएका छन्।

छुटाउनुभयो कि ?