मेलबर्नमा नेपाली हुण्डी ठग पक्राउ

मेलबर्नमा नेपाली हुण्डी ठग पक्राउ

मेलबर्न । अस्ट्रेलियाको ठूलो शहरको रुपमा चिनिन्छ मेलबर्न सिटी, जहाँ नेपाली समाजको बाक्लै उपस्थिति रहेको छ। त्यहाँ नेपालीहरुको उपस्थिति जति बढ्दै छ, नेपाली हुण्डी कारोबारीहरु पनि सक्रिय भइरहेका छन्। नेपालमा पैसा पठाउने र नेपालबाट चाहे अनुसारको पैसा राम्रो रेटमा झिकिदिन्छु भन्दै नेपाली विद्यार्थी र नेपाली समुदायलाई ठग्दै हिँड्ने क्रम बढेको देखिन्छ। 

पछिल्लो समय मेलबर्नको केगीबर्नमा २००७ सालदेखि ट्राभल र क्राफ्टको व्यवसाय गर्दै आएका क्राफ्ट एभरेस्टका भरत बहादुर केसी नाम गरेका एक नेपाली व्यवसायीले धेरै नेपाली विद्यार्थीलाई लक्षित गर्दै हुण्डीको नाममा हजारौं अस्ट्रेलियन डलर ठगी गरेको आरोपमा उनलाई मेलबर्न प्रहरीले पक्राउ परेका छ । 

उनले आफूले संचालनमा ल्याएको ट्राभलबाट सामाजिक संजालमा उपयुक्त रेटमा नेपालमा पैसा पठाइदिने र चाहेको अनुसार नेपालबाट पैसा झीकिदिने भन्दै प्रचार गरेको देखिएको थियो । 

उनले बिगत ७ वर्षदेखि  यो ठगी धन्दा अस्ट्रेलियाका प्राय सबै राज्य जहाँ नेपालीहरुको उपस्थिति छ त्यहि गर्दै आएको पनि खुलेको छ। प्रमाण सहित स्थानीय प्रहरी, नेपाली दूतावासमा पीडितहरुले  उजुरी दिएका थिए।  

उनले कोहि नेपाली विद्यार्थी नेपालबाट आउने थाहा पाउन साथ उनीहरुलाई फसाउनका लागि एयरपोर्टसम्म गएर पिकअप गर्ने र त्यहि समय पासपोर्टको कपी र भिसा कपी लिएर आफू अनुकुल महँगोमा उनीहरुलाई फोन दिएर पनि विद्यार्थी ठग्ने गरेको पाईएको छ।

यसअघि पनि बिभिन्न मिडियामा ट्राभलको नाममा अनैतिक धन्दा गर्ने दुईवटा ठूला हुण्डी काण्ड सार्बजनिक भएका थिए। तर, नेपालीलाई ठग्ने नेपाली ठगहरुलाई कुनै पनि कारबाही नभएको कारण उनीहरुलाई आत्मबल बढेको देखिन्छ। त्यसैले त यस्ता घटना बारम्बार घट्ने गरेका छन्।