कौडा खेलिरहेका १६ जना पक्राउ

कौडा खेलिरहेका १६ जना पक्राउ

काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले धुलिखेलबाट जुवा (कौडा) खेलिरहेका १६ जनालाई पक्राउ गरेको छ । उनीहरुका साथबाट नगद एक लाख एकाउन्न हजार पाँच सय पैँतालिस रुपैयाँ बरामद भएको छ ।

प्रहरीले धुलिखेल नगरपालिका–१२ शंखुपाटी तथा सोही स्थान आसपास बस्ने ४९ वर्षीय बलराम थापा, ४२ वर्षीय श्रीकृष्ण थापा, २२ वर्षीय सुरज कुमार तामाङ, २६ वर्षीय सुमन श्रेष्ठ, ४० वर्षीय दिर्घ बहादुर तामाङ, ५२ वर्षीय पूर्ण बहादुर तामाङ, ३० वर्षीय रामकृष्ण श्रेष्ठ र ३२ वर्षीय सुमन श्रेष्ठलाई पक्राउ गरेको छ ।

यस्तै, ४९ वर्षीय गणेश तामाङ, ३१ वर्षीय साजन श्रेष्ठ, ४६ वर्षीय भिम श्रेष्ठ, ३९ वर्षीय कुमार थापा, ३४ वर्षीय मिन बहादुर भुजेल तथा बनेपा नगरपालिका–७ बस्ने ५३ वर्षीय कुमार तामाङ, सोही स्थान आसपास बस्ने ५१ वर्षीय राजेश लामा र नमोबुद्ध नगरपालिका–११ बस्ने ४३ वर्षीय धन बहादुर तामाङलाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रवक्ता एवं सूचना अधिकारी डिएसपी रविन विष्टले जानकारी दिए ।

आज बिहान २ः३० बजे धुलिखेल नगरपालिका–१२ शंखुपाटीस्थित प्रदीप श्रेष्ठको मान्छे नबस्ने खाली घरमा जुवातास खेलिरहेको गोप्य सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो । प्रहरी निरीक्षक श्यामसुन्दर यादवको कमाण्डमा खटिएको टोलीले जुवा खेलिरहेको अवस्थामा नगदसहित १६ थान कौडा र १ बुक तास बरामद गरेको हो ।