मन्दिर दर्शनमा हिँडेकाहरु सवार जीप दुर्घटनामा ९ जना घाइते

मन्दिर दर्शनमा हिँडेकाहरु सवार जीप दुर्घटनामा ९ जना घाइते

काठमाडौँ । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–२ खनेखर्कस्थित निशंखे–ओखलढुङ्गा भित्री कच्ची सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

आज बिहान ७ः१५ बजे निशंखेबाट सिद्धिचरण नगरपालिका–८ लगलगेस्थित चम्पादेवी मन्दिर दर्शन तथा मेला भर्न जाँदै गरेको प्रदेश १–०७–००१ ज ०००५ नम्बरको बोलेरो जिप सडकबाट करिब ३५ मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा ओखलढुङ्गा, सिद्धिचरण नगरपालिका–२ का ३४ वर्षीय सरोज आचार्य, २४ वर्षीया मिरा सार्की, मिराकी १ वर्षीय छोरा रोयन, २९ वर्षीय सबिन आचार्य, ७ वर्षीय आयुश मंग्राती, ७ वर्षीय प्रशान्त रम्तेल र २९ वर्षीया रमिला नेपाली घाइते भएका छन् । यस्तै, रमिलाकी ६ वर्षीय छोरा प्रबिन, ३२ वर्षीया मिना मंग्राती पनि घाइते भएका छन् ।

दुर्घटनामा घाइतेहरूको उद्धार गरी सामुदायिक अस्पताल ओखलढुङ्गा पठाइएको छ ।