न्यूजिल्याण्डमा ज्वालामुखी विष्फोटमा परी २० जना भन्दा बढी घाईते

न्यूजिल्याण्डमा ज्वालामुखी विष्फोटमा परी २० जना भन्दा बढी घाईते

काठमाडौं :न्यूजिल्याण्डको ह्वाइट आइल्याण्डमा ज्वालामुखी विष्फोट हुँदा कम्तिमा २० जना घाइते भएका छन् । केही व्यक्ति सम्पर्कविहीन भएका छन् । सो क्षेत्रमा कम्तिमा एक सय जना फसेको आशंका गरिएको छ ।

न्यूजिल्याण्डका प्रधानमन्त्री ज्याकिडा आर्डर्नले घटनाको पुष्टि गर्दै यो विष्फोट निकै ठूलो भएको बताएकी छन् । स्थानीय प्रहरी अधिकारीले घटनास्थलबाट केहीलाई उद्धार गरिएको र केही सम्पर्कविहीन भएको बताएका छन् । उद्धार गरिएकामध्ये अधिकांशको शरीर जलेको र कतिपयको अवस्था गम्भीर रहेको छ ।

प्रभावित क्षेत्रमा उद्धारकर्मीहरु परिचालन गरिएको छ ।यो देशकै सबैभन्दा बढी सक्रिय ज्वालामुखी भएको क्षेत्र हो । यहाँ सन् २००१ यता पहिलो पटक ज्वालामुखी विष्फोट भएको हो । ज्वालामुखी विष्फोट हुँदा सो क्षेत्रमा धेरै पर्यटकहरु थिए ।