भारतको नयादिल्लीमा आगोलागी हुदाँ ३२ जनाको मृत्यु

भारतको नयादिल्लीमा आगोलागी हुदाँ ३२ जनाको मृत्यु

काठमाडौं : भारतको नयाँदिल्लीस्थित एक गोदाममा आगलागी हुँदा कम्तिमा ३२ जनाको मृत्यु भएको छ ।नयाँदिल्लीको रानी झाँसी रोडमा आइतबार बिहान साँढे ५ तिर आगलागी भएको हो । भारतीय मिडियाहरुले ३२ जनाको शव प्राप्त भएको र धेरैजसोको मृत्यु धुँवामा निसास्सीएर भएको उल्लेख गरेका छन् ।

दिल्लीको दमकल विभागका मुख्य अधिकारी अतुल गर्गका अनुसार ५० जनाभन्दा बढीको उद्धार गरिएको छ । आगलागीको कारण खुलेको छैन । कागज र कार्टुन उत्पादनको उद्योगसमेत रहेकाले आगो छिट्टै फैलिएको थियो ।

आगोका कारण नजिकका तीन घरसमेत जलेका छन् ।उद्धार कार्यमा ढिलाइ हुँदा मृतकको संख्या बढेको बताइएको छ । साँघुरा गल्लीका कारण दमकल प्रवेश गर्न नसक्दा नजिकै अग्नि समन केन्द्र भए पनि आगो निभाउन समस्या भएको छ । आगो निभाउनका लागि करीब ३० भन्दा बढी दमकल प्रयोग गरिएको छ ।