आज अन्तर्राष्ट्रिय योग दिवस

कोरोना भाइरस महामारीविरुद्ध लड्न योग महत्वपूर्णः प्रधानमन्त्री ओली

कोरोना भाइरस महामारीविरुद्ध लड्न योग महत्वपूर्णः प्रधानमन्त्री ओली

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीविरुद्धको सङ्घर्षमा औषधीय गुणयुक्त आहार, व्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्तै महत्त्वपूर्ण हुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।

सरकारले अगाडि बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षाका मुख्य आधारसमेत शारीरिक एवं मानसिक रूपले स्वस्थ र निरोगी नागरिक भएको ओलीको भनाइ छ। छैठौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुभकामना व्यक्त गर्दे उनले योग साधना र अभ्यासलाई आफ्नो जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न सबैमा आह्वान गरे।

उनले योग साधना हाम्रो प्राचीन सभ्यताको मौलिक उपज भएको चर्चा गर्दै मानसिक अन्तरयात्रामार्फत शारीरिक तथा मानसिक स्वास्थ्यको अध्ययन गर्ने योग शास्त्रको महìव आधुनिक युगमा झनै बढेको बताए।  तनाव, द्वेष, इष्र्या र निन्दाका दुष्प्रभावलाई त्याग्दै समाजलाई स्वस्थ, खुसी र सकारात्मक मनोचेतनातिर लैजान योगलाई मानव जीवनको अङ्ग बनाउन आवश्यक रहेको उनले बताए। योग महत्वका बारेमा जनचेतना अभिवृद्धिका लागि यसका सरल विधि जनसाधारणमा पुर्याउन आवश्यक रहेको उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले आधारभूत स्वास्थ्य सेवाभित्र योग र वानस्पतिक औषधीय वस्तुको प्रयोगमा जोड दिँदैनिरोगी नेपालको उद्देश्य प्राप्ति गरिने बताए। सन् २०१५ बाट संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरेको हो। संसारभर जुन २१ लाई योग दिवसका रूपमा मनाइँदै आएको छ। नेपालमा पनि माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउने परम्परासमेत थालनी भएको छ।