आफुहरु बिरुद्ध लगाइएका सबै प्रतिबन्ध हटाए अमेरिकासँग वार्ता गर्न इरान तयार

आफुहरु बिरुद्ध लगाइएका सबै प्रतिबन्ध हटाए अमेरिकासँग वार्ता गर्न इरान तयार

रा.स.स : इरानी राष्ट्रपति हस्सन रौहानीले संयुक्तराज्य अमेरिकाले आफूहरु विरुद्ध लगाएको “अवैधानिक” आर्थिक प्रतिबन्धहरु फुकुवा गरेमा आणविक वार्ता गर्न तयार रहेको बताएका छन् ।

राज्यद्वारा सञ्चालित टेलिभिजनमा बुधबार अन्तर्वार्ता दिँदै राष्ट्रपति रौहानीले इरान सम्बन्धी अमेरिकी नीतिहरुमा फेरबदल आवश्यक रहेको बताए । राष्ट्रपति रौहानीले इरानमाथि लगाइएका सबै प्रतिबन्ध हटाउन संयुक्तराज्य अमेरिकाले पहिलो अग्रसरता देखाउनुपर्ने पटक पटक आग्रह गर्दै आएक छन् ।

संयुक्तराज्य अमेरिकालाई सबैभन्दा ठूलो चिन्ताको विषयका रुपमा रहेको आणविक बम बनाउने कुरा इरानले पहिल्यै त्यागिसकेको पनि बताए । अमेरिकी राष्ट्रपति ट्रम्पले गत वर्ष सन् २०१५ को बहुपक्षीय आणविक सम्झौताबाट एकपक्षीय रुपमा अलग हुँदै इरान विरुद्ध कडा प्रतिबन्धहरु घोषणा गरेका थिए ।