काठमाडाैं । सरकारले लिम्पियाधुरा, लिपुलेक लगायतका छुटेका भूमी समेटेर नेपालकाे अद्याावधिक नक्सा सार्वजनिक गरे लगत्तै औपचारिक रुपमा ठूलाे परिमाणमा नक्सा छपाईकाे काम सुरु भएकाे छ ।
शुक्रबार साँझबाट नापी विभागले आफ्नै प्रेसबाट नक्सा छपाईकाे काम सुरु गरेकाे हाे ।
महानिर्देशक प्रकाश जाेशीले मन्त्रीपरिषदबाट प्रकाशनका लागि स्वीकृति पाएसँगै छपाईकाे काम सुरु गरिएकाे बताएका छन् ।