दार्चुलाको घाँटीबगर इलाकामा नेपाली सेना किन गरियो तैनाथ ?

दार्चुलाको घाँटीबगर इलाकामा नेपाली सेना किन गरियो तैनाथ ?

काठमाडौँः दार्चुलाको घाँटीबगर इलाकामा नेपाली सेना तैनाथ भएको छ । महाकाली करिडोर अन्तर्गत दार्चुला तिंकर सडक निर्माण कार्यका लागि सेना तैनाथ भएका हुन् । मन्त्रिपरिषदको वैशाख १४ गतेको निर्णय अनुसार उक्त क्षेत्रको उत्तरीतर्फबो ८७ किलोमिटर सडकखण्डको निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिइएको छ ।

सेनाको टोलीमा आवश्यक प्राविधिक पनि रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
दार्चुलाको व्यास गाउँपालिका १ को छाङरु तिंकर गाउँका करिक १८२ घरधुरीका करिब १२ सय नागरिकले अहिले जिल्ला सदरमुकाम आउन भारतको बाटो प्रयोग गर्नुपरेको छ । उक्त क्षेत्रको बाटो तत्काल खोल्नुपर्ने आवश्यकतासहित निर्माण जिम्मेवारी सेनालाई दिइएको हो ।