कोरोना हटस्पट बाँकेः संक्रमितको संख्या एक सय नाघ्यो, थप तीन जना संक्रमित थपिँदा ४५७ जनामा संक्रमण
नेपाल डेली
विहीबार, ०८ जेठ २०७७, २० : ३७ मा प्रकाशित
काठमाडौंः बिहीबार साँझ थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या ४५७ पुगेको छ । भेरी अस्पताल र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा थप तीन जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका सह–प्रवक्ता समीरकुमार अधिकारीले जनाएका छन् ।
संक्रमित बाँके नरैनापुर ३ का ३२ वर्षीय पुरुष र खजुरा ३ का ४२ वर्षीय महिला रहेका छन् । बाँकेमा संक्रमितको संख्या एक सय नाघेको छ ।
यस्तै, कपिलवस्तुको शुद्धोधन गाउँपालिका निवासी १९ वर्षीय पुरुपमा पनि संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार हालसम्म उनीहरुको अवस्था सामान्य छ । तीनै जना स्वाथ्यकर्मीको सम्पर्कमा रहेका छन् ।