भोलिसम्ममा नेपालको नयाँ नक्सा सार्वजनिक गर्छौं, देशमा दीपावली हुनेछः प्रधानमन्त्री

भोलिसम्ममा नेपालको नयाँ नक्सा सार्वजनिक गर्छौं, देशमा दीपावली हुनेछः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको छुटेको भूमि समेटेर भोलिसम्ममा नयाँ नक्सा सार्वजनिक हुने बताएका छन् । प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले हिजो मन्त्रिपरिषद्ले नक्सा पारित गरेको भन्दै भोलिसम्ममा नक्सा प्रकाशित हुने बताए । उनले नक्सा प्रकाशित भएसँगै सिंगो देश पनि खुसी हुने बताए । उनले नेपालको नक्सा सार्वजनिक भएको दिन नेपालमा दीपावली हुने बताए ।

उनले लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका भूमि नेपालको रहेको पनि उल्लेख गरे । उनले १८ सालअघि त्यहाँका बासिन्दाले तिरो तिर्दै आएको र सन् १९६२ मा कालापानीमा भारतीय सेना बसेपछि नेपालीलाई त्यो भन्दा पश्चिमको भूभागमा जान रोक लगाएको उनले बताए ।

संविधानको अनुसूची ३ संशोधन गरिने
सरकारले संविधानको अनुसूची ३ संशोधन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसूची ३ संशोधन गर्ने बताएका हुन् ।  प्रधानमन्त्री ओलीले संविधानको अनुसूची ३ मा निशान छाप रहेको कारणले संशोधन गर्न थालिएको बताए । उनले संविधानका अन्य विषय पनि संशोधन गर्न परे पनि अहिलेको आवश्‍यकता संविधान संशोधन गर्ने आवश्‍यक रहेको बताए । 

हिजो बसेको मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत छुटेका भूभाग समेटेर नक्सा पारित गरेको थियो ।