काठमाडौं सरकारले विदेशमा अलपत्र परेका नागरिकलाई चरणवद्ध रुपमा नेपाल ल्याउने तयारी गरेको छ । कोरोना लगायत विभिन्न कारणले विदेशमा रहेका नागरिकलाई सुरक्षित रुपमा नेपाल ल्याउने तयारी थालेको हा । पहिलो चरणमा २० हजार नेपाली ल्याउने सरकारको तयारी छ ।
आइतबारको
उच्चस्तरीय समन्वय समितिमा भएको छलफल अनुसार यस्ता व्यक्तिहरुलाई नेपाल ल्याएर
क्वारेन्टाइनमा राखिनेछ ।
विभिन्न
देशमा अहिले नेपालीहरु स्वदेश फर्कन चाहिरेका छन् । वैदेशिक रोजगार प्रवद्र्धन
बोर्डको सचिवालयका अनुसार झण्डै चार लाख श्रमिक तत्काल नेपाल फर्कन चाहन्छन् ।
यस्तै अन्य नेपालीहरु पनि स्वदेश फर्कन चाहेका छन् ।
विदेशमा
रहेका नेपालीलाई स्वदेश फर्काउनेबारे छलफल गर्न मन्त्रिपरिषदको बैठक बालुवाटारमा
बसिरहेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले विदेशमा रहेका नेपालीलाई स्वदेश
ल्याउनेगरी छलफल भइरहेको आइतबार नै जानकारी दिएका थिए । खतिवडाले अर्को
मन्त्रिपरिषद बैठकबाट निर्णय हुनसक्ने पनि जानकारी दिएका थिए ।