नयाँ कर्मचारी भर्ना नलिने लोक सेवाको निर्णय, आवेदन दिएका परीक्षा नतोकिएका पनि स्थगित
नेपाल डेली
सोमबार, ०५ जेठ २०७७, १९ : ०६ मा प्रकाशित
काठमाडौं लोक सेवा आयोगले सरकारको निर्णय अनुसार पूर्व निर्धारित कार्यतालिका अनुसारका पदपूर्तिका विज्ञापन नगर्ने भएको छ । सोमवार बसेको आयोगको बैठकले सबै प्रकारका नयाँ पदपूर्ति सरकारले अर्को निर्णय नगर्दासम्म स्थगित गरेको हो । यस्तै, पहिलो चरणको परीक्षा भइसकेका र अन्य पत्र बाँकी रहेकाका नयाँ तालिकामा परीक्षा हुनेछ ।
विज्ञापन संकलन भएका र परीक्षा
कार्यक्रम नतोकिएकाको हकमा पनि सरकारले गर्ने निणृय अनुसार अघि बढ्ने निर्णय भएको
छ । सरकारले यसअघि नयाँ पदपूर्ति र सबै परीक्षा स्थगितको निर्णय गरेको थियो ।
यस्तै, लिखित परीक्षा भएका र अन्तर्वार्ता बाँकी रहेकाको हकमा नयाँ तालिका
सार्वजनिक गर्ने आयोगले निर्णय गरेको छ । सुरक्षा निकाय र संगठित संस्थाको हकमा
पनि सोही व्यवस्था लागू हुनेछ ।