सुर्खेतको दैलेखमा आठबीसकोट नगरपालिकाका एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। उनि जेठ १ गते भारतबाट फर्किएका दैलेख आएका थिए । सुर्खेतस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ३५ वर्षीय ती व्यक्तिलाई कोरोना भाइरसको संक्रमण देखिएको कर्णाली प्रदेश अस्पतालले जानकारी दिएको छ ।
नेपालगञ्जको प्रयोगशालाबाट पनि पोजेटिभ रिपोर्ट आएमात्र कोरोना पुष्टि हुने डाक्टर खड्काले बताए । कर्णाली प्रदेशमा अहिलेसम्म कोरोनाभाइरसको संक्रमण देखिएको छैन। कोरोनाभाइरसको संक्रमण फैलिन नदिने भन्दै प्रदेश सरकारले केही दिनदेखि प्रदेश नै सिल गरेको छ।