काठमाडौं कोरोना संक्रमणमा आइतबार दोस्रो मृत्यु भएको छ । वैशाख ३० गते भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका युवाको मृत्यु कोरोनाबाट भएको पुष्टि भएको छ । आइतबार बिहान उनको निधन भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका
अनुसार उनको शव व्यवस्थापनको काम अघि बढिसकेको छ । आवश्यकत शतर्कतासहित शव
व्यवस्थापन अघि बढाइएको छ ।
मन्त्रालय अनुसार आइतवारसम्म २८ हजार
एक सय ६० जनाको पीसीआर परीक्षण भएको छ । २४ घण्टामा एक हजार चार सय ६९ जनाको
परीक्षण भएको छ । ६७ हजार सात सय ६९ को आरडीटी परीक्षण भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौँ
उपत्यकामा ३५ जना आइसोलेसनमा छन्। काठमाडौँ बाहिर ३११ जना छन् । क्वारेन्टाइन
बसेको संख्या १८ हजार तीन सय ५७ पुगेको छ ।
यस्तै मन्त्रालयको स्वमूल्याङ्कन
विधिमा अहिलेसम्म ४० हजार पाँच सय ५८ जना आवद्ध भएका छन् । जसमध्ये आइतबारसम्म ३८२
जना रेठ जोनमा छन् ।