बेलायतबाट आयाे दुःखद् खबर, कोरोनाबाट ६१ नेपालीले ज्यान गुमाए, ७ सय ४७ जना संक्रमित

बेलायतबाट आयाे दुःखद् खबर, कोरोनाबाट ६१ नेपालीले ज्यान गुमाए, ७ सय ४७ जना संक्रमित

बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ६१ जना नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायतका नेपालीमा भएको कोरोना संक्रमणसम्बन्धी एक तथ्यांक सार्वजनिक गर्दै ६१ नेपालीको मृत्यु भएको जानकारी दिएको हो ।

यसअघि ६० जना नेपालीको मृत्यु भएको नेपाली दुतावास लन्डनले पुष्टि गरेको थियो । एनआरएनए यूकेले हालसम्म बेलायतमा ७ सय ४७ जना नेपालीमा कोरोनाको संक्रमण भएको समेत बताएको छ। उनीहरुमध्ये उपचारका लागि अस्पतालमै भर्ना भएका १ सय १५ छन्।

तथ्यांकले ३७ जना उपचारपछि निको भएर घर फर्किएको तथा १७ जना अझै पनि अस्पतालमा उपचारकै क्रममा अस्पतालमा रहेको देखाएको छ। हालसम्म बेलायतमा ६ सय ३२ जना नेपाली कोरोनाको लक्षण देखिएर घरमै आइसोलेसनमा बसेका छन्।

उनीहरुमध्ये ५ सय ७० जना अहिले निको भइसकेका छन् भने ६२ जना अझै पनि आइसोलेसनमै रहेको जनाइएको छ।