काठमाडौंः दार्चुलाको लिपुलेक क्षेत्रमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरिएको छ । बुधबारदेखि औपचारिक रुपमा बिओपी उद्घघाटन गरिएको हो ।
नेपाली सेनाको हेलिकप्टरबाट प्रहरी र सुरक्षा बन्दोबस्तीका
सामाग्रीसहित बिओपी स्थापना गरिएको हो । दार्चुलाको व्यास गाउँपालिका १ छाङरुमा
बिओपी स्थापना गरिएको हो।
भारतले लिपुलेकमा भूमि अतिक्रमण गरी एकतर्फी बाटो बनाएपछि
नेपालले सुरक्षा उपस्थिति जनाएको हो । सडक निर्माणको अहिले देशव्यापी विरोध
भइरहेको छ ।
पोस्टमा तत्कालका लागि २५ सुरक्षाकर्मी रहनेछन् । २५ जनाकै
टोली आजै छाङरु पुगेको छ । भाडाको घरमा बनाइएको उक्त बिओपीको चाँडै स्तरोन्नति
गर्ने सरकारको तयारी छ। बिओपी राख्ने निर्णय गत मंसिरमै भए पनि कार्यान्वयन भएको
थिएन ।