काठमाडौँ र भक्तपुरमा भेटिए कोरोना संक्रमितः संक्रमितको संख्या २१७ पुग्यो

काठमाडौँ र भक्तपुरमा भेटिए कोरोना संक्रमितः  संक्रमितको संख्या २१७ पुग्यो

काठमाडौँः मंगलबार एकैदिन कोरोना संक्रमितको संख्या ८३ जनाले बढेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा २६ जनाको संक्रमण पुष्टि भएको हो । मंगलबार राति स्वास्थ्य मन्त्रालयले २६ संक्रमित पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार पर्साका थप १८ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ६ जना महिला र १२ जना पुरुष छन् । यस्तै, महोत्तरीमा दुई जनाको संक्रमण पुष्टि भएको छ । भक्तपुरमा एक महिला र एक पुरुषमा संक्रमण पुष्टि भएको छ । काठमाडौँमा एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

पछिल्लो विवरणअनुसार नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या २ सय १७ पुगेको छ । कोरोना भाइरसको संक्रमण देखिएकामध्ये हालसम्म ३३ जना उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।