वल्र्ड नेवा: अर्गनाइजेसनले सुकुम्वासीको नाममा काठमाडौंको जग्गा वितरण गर्न लागिएको भन्दै त्यसको विरोध गरेको छ । विश्व कोरोना भाइरसको माहामारीको चपेटामा परिरहेको बेला नेपाल सरकारले लकडाउनकै बेला सुकुम्वासी आयोग बनाउनु, भुमिसुधार मन्त्री पद्मा अर्यालले काठमाडौं उपत्यका भित्र सुकुम्वासीलाई ६-६ आना जग्गा वितरण गछौं भन्नु र सुकुम्बासी आयोगका प्रमुख देवी प्रसाद ज्ञवालीको गैह्र जिम्मेवार अभिव्यक्तीमा पनि अर्गनाइजेशनले आपत्ति जनाएको छ ।
अर्गनाइजेशनको बैठकमा बोर्ड सदस्य गंगा नेम्कुलले सुकुम्वासी आयोग सम्बन्धी एजेन्डा प्रस्तुत गरेका थिए । जवाफमा वल्र्र्ड नेवा: अर्गनाइजेसनका अध्यक्ष सिजन श्रेष्ठले विश्व भरी छरिएर बसेका नेवार समूदाय सधै एकजुट हुनुपर्ने र नेवा: भुमि एक इन्च पनि तलमाथी गरेमा चुप लागेर नबस्ने बताए । नेवा: भूमि तलमाथि गरिए अन्तर्राष्ट्रिय अदालतसम्म पुग्न पछि नपर्ने उनले चेतावनी दिए ।
वैठकमा नेपालको साथै अमेरिका, क्यानडा, लन्डन, इजरायल र विभिन्न यूरोपीय मूलुकमा रहेका कार्य समिति पदाधिकारी, सदस्यहरुको सहभागीता रहेको थियो । सहभागि सबैले नेवा: भूमिप्रति सरकारले आँखा गाडेको भन्दै सचेत रहनुपर्ने जिकिर गरेका थिए ।