कोरोना अपडेटः ज्यान गुमाउनेको संख्या २ लाख ७० हजार नाघ्यो, ३९ लाख संक्रमित

कोरोना अपडेटः ज्यान गुमाउनेको संख्या २ लाख ७० हजार नाघ्यो, ३९ लाख संक्रमित

विश्वभर कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ७० हजार नाघेको छ । बिहीबार साढे ५ हजारको मृत्यु भएसँगै ज्यान गुमाउनको कुल संख्या २ लाख ७० हजार ४ सय ७० पुगेको हो । संक्रमितको संख्या भने ३९ लाख १७ हजार ९ सय ८ पुगेको छ ।

कोरोनाबाट सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा ७६ हजार ९ सय संक्रमितको मृत्यु भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै २ हजार १२९ जनाले ज्यान गुमाउँदा साढे २९ हजार संक्रमित थपिएका छन् । योसँगै अमेरिकामा कुल संक्रमितको संख्या १२ लाख ९२ हजार ६ सय नाघेको छ । जसमध्ये २ लाख १७ हजारले कोरोना जितेका छन् ।

दोस्रो बढी कोरोना प्रभावित देश स्पेनमा संक्रमितको संख्या २ लाख ५६ हजार ८ सय नाघेको छ । जसमध्ये २६ हजारको मृत्यु हुँदा झण्डै १ लाख ६४ हजार निको भएका छन् । इटालीमा करिब २ लाख १६ हजार कोरोना संक्रमित छन् । तिमध्ये २९ हजार ९५८ को मृत्यु हुँदा ९६ हजार उपचारपछि घर फर्किएका छन् । बेलायतमा संक्रमितको कुल संख्या २ लाख ६ हजार नाघेको छ । त्यहाँ अहिलेसम्म ३० हजार ६ सय व्यक्तिले ज्यान गुमाएका छन् ।

फ्रान्समा १ लाख ७४ हजार ७ सय व्यक्ति कोरोनाबाट प्रभावित भएका छन् । जसमध्ये झण्डै २६ हजार व्यक्तिको मृत्यु भइसकेको छ ।त्यस्तै, ब्राजिलमा ९ हजार, बेल्जियममा ८ हजार ४ सय, जर्मनीमा ७ हजार ३ सय, इरानमा ६ हजार ४ सय, चीनमा ४ हजार ६ सय, नेदरल्याण्ड्समा ५ हजार, क्यानाडामा ४ हजार ४ सय, स्विट्जरल्याण्ड, स्वीडेनमा ३–३ हजार, टर्कीमा ३ हजार ६ सय संक्रमितले ज्यान गुमाएका छन् । अरू देशमा भने मृतकको संख्या ३ हजार तल रहेको छ ।

दक्षिण एसियाको तथ्यांक हेर्दा भारतमा १ हजार ८८९, पाकिस्तानमा ५ सय ८५, बंगलादेशमा १ सय ९९, अफगानिस्तानमा १०६, श्रीलंकामा ९ र माल्दिसमा ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपाल र भुटानमा भने हालसम्म यो भाइरसबाट मृत्यु भएको पुष्टि भएको छैन ।