थप एकसाता लकडाउन बढाउने तयारी, स्वरुपमा भने केही परिवर्तन हुन सक्ने

काठमाडाैं । सरकारले थप एक साता लकडाउन लम्ब्याउने तयारी गरेकाे छ ।

साेमबार बसकाे उच्चस्तरीय समन्वय समितिकाे बैठकमा भएकाे छलफल र आएका सुझावका आधारमा स्वरुपमा केही परिवर्तन गरेर लकडाउन लम्ब्याउने तयारी भएकाे हाे ।

समितिमा भएकाे छलफलका आधारमा आज फेरि प्रधानमन्त्री केपी शर्मा ओलीसहित बालुवाटारमा समन्वय समितिकाे बैठक बस्न लागेकाे पनि समितिका एक सदस्यले बताए । उनले भने, "संक्रमणकाे दर बढ्दाे छ । यस्ताेमा लकडाउन खाेलिहाल्ने अवस्था पनि छैन । तर संक्रमणनै नदेखिएका ठाउँमाचैँ खाेल्नुपर्छ भन्ने सुझाव छ । साेही अनुसार छलफल अगाडि बढिरहेकाे छ ।"

आजकाे छलफलबाट आएकाे निष्कर्षका आधारमा बुधवार बस्ने मन्त्रीपरिषद बैठकले लकडाउनबारे निर्णय लिनेछ ।

पछिल्लाे पटक थपिएकाे लकडाउनकाे समयावधि वैशाख २५ गते सकिँदैछ ।