काठमाडौँः आइतबार एकैदिन १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १६ मध्ये १५ जना नेपालगन्जका छन् । जसमा एक सात वर्षीया बालिका पनि छिन् । संक्रमितमध्ये एक जना वीरजंगका हुन् ।
आइतबार दिउँसो नेपालगन्जका ९ जनामा कारोना संक्रमण पुष्टि भएको थियो । तर, साँझ थप ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमित सबै नेपालगन्जकै बासिन्दा हुन् । संक्रमितहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा आइतबारदेखि नै आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ ।
नेपालगन्जमा यसअघि संक्रमित रहेका ६० वर्षीय व्यक्तिको सम्पर्कमा आएका ९ मध्येकै व्यक्तिहरुको संक्रमण पुष्टि भएको हो ।