भक्तपुरमा रित्ता थाल बोकेर प्रदर्शनमा उत्रिए सुकुमबासी

भक्तपुरमा रित्ता थाल बोकेर प्रदर्शनमा उत्रिए सुकुमबासी

भक्तपुर । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुमबासीहरुले रित्तो थालसहित विरोध प्रदर्शन गरेका छन् । सरकारले खाना दिन बन्द गरेपछि उनीहरूले रित्तो थाल बजाउँदै विरोध जनाएका हुन् ।

उनीहरूले सरकार विरोधी प्लेकार्ड पनि प्रदर्शन गरेका छन्। स्थानीय प्रशासनले सूचना जारी गरी आज २ बजेदेखि होल्डिङ सेन्टर खाली गर्न भनेको थियो।