काठमाडौँ । लुम्बिनी विकास कोषले गुरुयोजना क्षेत्रभित्रका निषेधित स्थानमा राखिएका पसल २४ घण्टाभित्र हटाउन निर्देशन दिएको छ।
शुक्रबार कोषले सूचना जारी गरी संरचना हटाउन भनेको हो। गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीस्थित पवित्र उद्यान क्षेत्र, शान्ति द्वीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानमा कोषको स्वीकृतिबिना राखिएका पसल हटाउन २४ घण्टाको समय दिइएको छ।
कोषले गत भदौ १९ गतेदेखि लागू हुने गरी सूचना जारी भएको २४ घण्टाभित्र त्यस्ता पसल हटाई लैजान सम्बन्धित सबैलाई अनुरोध गरेको छ। तोकिएको समयभित्र पसल नहटाए प्रचलित कानुनअनुसार, कारबाही हुने कोषले चेतावनी दिएको छ।