काठमाडाैं। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागमा पनि आंशिक बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
देशको हिमाली भू-भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
राति आज राति देशको हिमाली भू-भागमा आंशिक बादलों लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
साथै, राति तराई भू-भागका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ।