काठमाडौं । वडा दसैँ सँगै काठमाडौंको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको छ। दसैंका लागि आवश्यक सामग्री तथा नयाँ लत्ताकपडा, जुत्ता-चप्पल र पूजाका सामग्री किनमेल गर्न आउने सर्वसाधारणको भीड बजारमा देखिएको छ ।
दसैंको समयमा असन र इन्द्रचोकमा किनमेल गर्नेको विशेष भीड लाग्ने गर्छ । काठमाडौं उपत्यकासहित आसपासका विभिन्न स्थानबाट समेत सर्वसाधारण किनमेलका लागि यहाँ आउने गरेका छन् ।
बजारका पसलहरूमा दसैंका लागि आवश्यक सामग्री खरिद गर्ने ग्राहकको चाप बढेसँगै व्यापारीहरू पनि व्यस्त भएका छन् । चाडपर्वको रौनकसँगै पुरानो बजार असन र इन्द्रचोकमा किनमेल गर्ने तथा घुमफिर गर्न आउने मानिसको चहलपहल बढेको छ ।