देशका विभिन्न हिमाली तथा पहाडी भू-भागमा वर्षा र हिमपातको सम्भावना

देशका विभिन्न हिमाली तथा पहाडी भू-भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुका साथै मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा साधारणतया बदली (बादल लाग्ने) रहनेछ। देशका बाँकी हिमाली तथा पहाडी भू-भागमा भने आंशिक बदली रहनेछ। तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै लुम्बिनी प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले पूर्वानुमान गरेको छ।

त्यस्तै आज राति पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ। तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ।

रातिको समयमा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै, कोशी र बागमती प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

छुटाउनुभयो कि ?