काठमाडौं। तोकुतेइ गिनोउ इकुसेइ ट्रेनिङ एन्ड भोकेसनल कलेजले आफ्नो १२औँ वार्षिकोत्सव कलेज प्रांगणमा भव्यताका साथ सम्पन्न गरी १३औँ वर्षमा प्रवेश गरेको छ। संस्थाको १२ वर्षे यात्रा पूरा भएको यस विशेष अवसरमा कलेजका सञ्चालकहरू, विद्यार्थी, व्यावसायिक साझेदार तथा शुभेच्छुकहरूको उत्साहजनक सहभागिता रहेको थियो।
जापानबाट आएका अतिथिहरूको विशेष उपस्थिति रहेको सो समारोहमा कलेजको विगतको यात्रा, हासिल भएका उपलब्धि र भावी कार्ययोजनाबारे गहन चर्चा गरिएको थियो। कार्यक्रमका वक्ताहरूले नेपाल र जापानबीच शिक्षा, सीप विकास, वैदेशिक रोजगारी तथा व्यावसायिक साझेदारीका अवसरहरूलाई अझ फराकिलो बनाउने प्रतिबद्धता व्यक्त गरे।
वार्षिकोत्सवका अवसरमा आसन्न बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वको शुभकामना आदानप्रदानसमेत गरिएको थियो। यस कार्यक्रमले संस्था र साझेदारहरूबीच आपसी सद्भाव, मित्रता र सहकार्यको भावनालाई थप प्रगाढ बनाएको कलेजले जनाएको छ।
कलेजले आगामी दिनमा आफ्ना तालिम प्रणाली र कार्यविधिलाई समयअनुकूल परिमार्जन गर्दै गुणस्तरीय सीपमूलक शिक्षा र दक्ष जनशक्ति उत्पादनमा केन्द्रित हुने जनाएको छ। १३औँ वर्षमा प्रवेश गर्दै संस्थागत विकासलाई नयाँ उचाइमा पुर्याउने र नेपाल-जापानबीच शिक्षा, सीप तथा रोजगारी जोड्ने एक विश्वसनीय पुलका रूपमा स्थापित हुने लक्ष्य कलेजले लिएको छ।
यस सफलताको यात्रामा निरन्तर साथ, सहयोग र विश्वास प्रदान गर्ने सम्पूर्ण विद्यार्थी, कर्मचारी, सञ्चालक, व्यावसायिक साझेदार तथा जापानी अतिथिहरूप्रति कलेज प्रशासनले हार्दिक आभार व्यक्त गरेको छ।




_20261011191644.jpg)






