काठमाडौंबाट धनगढी हिँडेको बस बर्दघाटमा पल्टियो

काठमाडौंबाट धनगढी हिँडेको बस बर्दघाटमा पल्टियो

काठमाडौं । नवलपरासीको पश्चिनम बर्दघाट नगरपालिका-४ मा बस पल्टिँदा ७ जना घाइते भएका छन्। 

पूर्व–पश्चिम राजमार्ग अन्तरगत पश्चिम बर्दघाट नगरपालिकामा काठमाडौंबाट धनगढी जाँदै गरेको बस पल्टिँदा चालक र सहचालकसहित ७ जना घाइते भएको प्रहरीले जनाएको छ। 

आज बिहान करिब ७ः३० बजे काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सु.प्र.०१-००१ ख २३३० नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको थियो। बसमा करिब ४०–४५ जना सवार रहेकोमा घाइते भएका ७ जनालाई उपचारका लागि बर्दघाट नगर अस्पताल, चिसापानी पठाइएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा दार्चुलाको  मालिकार्जुन गाउँपालिका-२ का ५२ वर्षीय पुष्कर सिंह धामी, अछामको  साँफेबगर नगरपालिका-५ का २६ वर्षीया मौसमी ओढ,  दार्चुलाको  मार्मा गाउँपालिका-३ का ३० वर्षीया भगवती अवस्थी र ४८ वर्षीय धनञ्जय जोशी छन्।

यस्तै कैलालीको लम्कीचुहा नगरपालिका-८ का २९ वर्षीया निर्मला खड्का तथा बस चालक  कैलाली, गौरीगंगा नगरपालिका-१० का ३९ वर्षीय बसचालक इन्द्र वि.क. र गोदावरी नगरपालिका-१ का ४६ वर्षीय सहचालक मोहन जोशी घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनिहरु सबैको अवस्था सामान्य छ।  

छुटाउनुभयो कि ?