दसैँमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

दसैँमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ । नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा आफ्नो शक्ति देखाउने ठूलो अवसर पनि हो। लामो बिदा, परिवारसँगै चलचित्र हेर्ने दर्शकको बढ्दो चहलपहल र स्टार कलाकारप्रतिको आकर्षणले दसैँलाई निर्माताहरूको रोजाइमा पार्ने गर्छ।

दसैँमा ठूला कलाकारका चलचित्र एकै समयमा प्रदर्शनमा आउँदा प्रतिस्पर्धा पनि उत्तिकै कडा हुने गर्छ। यसपटकको दसैँमा नेपाली चलचित्र क्षेत्रमा यस्तै प्रतिस्पर्धा देखिने भएको छ, जहाँ चार चर्चित कलाकारका चलचित्र एकअर्कासँग भिड्दै छन्।

दशैँमा समीर भट्ट र विराज भट्टको ‘१२ गाउँ–२’, पल शाहको ‘आ बाट आमा–२’, दीपकराज गिरीको ‘छ माया छपक्कै–२’ र दयाहाङ राईको ‘कबड्डी–५’ एक साता पछि प्रदर्शनमा आउँदै छन्।

यी चलचित्रका अघिल्ला शृंखला दर्शकमाझ चर्चित रहेकाले नयाँ भागप्रति पनि अपेक्षा छ। तर, अघिल्ला चलचित्रको सफलता दोहोर्‍याउनु र प्रतिस्पर्धीलाई पछि पार्नु भने सजिलो हुनेछैन।

छुटाउनुभयो कि ?