विश्वकप क्रिकेट लिग–२ : क्यानडाविरुद्ध रोहित पौडेलले बनाए अर्धशतक

विश्वकप क्रिकेट लिग–२ : क्यानडाविरुद्ध रोहित पौडेलले बनाए अर्धशतक

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर रोहित पौडेलले अर्धशतक बनाएका छन् ।

ओमानको अलअमिरातमा जारी खेलमा क्यानडाले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको नेपालका लागि चौथोक्रममा ब्याटिङ गर्न आएका रोहितले ७५ बलमा अर्धशतक पूरा गरेका हुन् । २८ ओभरको समाप्तिमा नेपालले तीन विकेट गुमाएर ९२ रन बनाएर खेलिरहेको छ ।

नेपाली ओपनर अर्जुन कुमाल ५४ बलको सामना गरेर २३ रनमा आउट भएपछि कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसकेको अवस्थामा रोहितले सम्हालिएर खेलेका हुन् । आशिफ शेख तीन बलमा चार रन बनाउँदा आउट भए भने इशान पाण्डे चार बलको सामना गर्दा शून्य रनमै आउट भएका हुन् । अहिले क्रिजमा बसिर अहमेद र रोहित पौडेल छन् ।

छुटाउनुभयो कि ?