काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि सभापति पदमा खसेको मतको गणना आजै गरिने भएको छ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार सभापति पदको मतगणना आजै राष्ट्रिय सभागृहमा सुरु गरिनेछ।
सभापति बाहेक अन्य पदाधिकारी तथा केन्द्रीय सदस्य पदका लागि खसेको मतपत्र भने पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरक्षित स्थानान्तरण गरी सभापतिको नतिजा सार्वजनिक भएपछि मात्र गणना गरिने उनले जानकारी दिए।
यसैबीच, नेपाली कांग्रेसका निर्विरोध निर्वाचित वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले साँझ ६:५० बजे खुलामञ्चस्थित तराई मधेस हलमा बनेको मतदान केन्द्र पुगेर मतदान गर्ने कार्यक्रम रहेको छ।