भ्रमण सम्पन्न गरी स्वदेश फर्किएपछि प्रधानमन्त्री बालेन शाहले भारतीय समकक्षी मोदीलाई गरे धन्यवाद ज्ञापन

भ्रमण सम्पन्न गरी स्वदेश फर्किएपछि प्रधानमन्त्री बालेन शाहले भारतीय समकक्षी मोदीलाई गरे धन्यवाद ज्ञापन

काठमाडौं।  भारतको दुईदिने राजकीय भ्रमण सफलतापूर्वक सम्पन्न गरी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) स्वदेश फर्कनुभएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणलगत्तै उहाँले सामाजिक सञ्जालमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारत सरकारप्रति विशेष धन्यवाद ज्ञापन गर्नुभएको छ।

प्रधानमन्त्री शाहले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत भ्रमणका केही महत्वपूर्ण तस्बिरहरू समेत सार्वजनिक गर्दै भारतीय समकक्षी मोदी तथा भारतीय जनताबाट प्राप्त आतिथ्यता र हार्दिकताप्रति आभार व्यक्त गर्नुभएको हो। उहाँले लेख्नुभएको छ, "महामहिम प्रधानमन्त्री नरेन्द्र मोदीज्यू र भारतीय जनताप्रति हार्दिक आभार।"

प्रधानमन्त्रीको रूपमा कार्यभार सम्हालेपश्चात पहिलो पटक औपचारिक परराष्ट्र भ्रमणमा रहनुभएका प्रधानमन्त्री शाहले नयाँदिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगद्विपक्षीय वार्ता गर्नुका साथै भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटघाट गर्नुभएको थियो। उक्त भ्रमणका दौरान नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल हुनुका साथै शिक्षा, सुरक्षा, ऊर्जा, पूर्वाधार तथा प्रविधि लगायतका क्षेत्रमा आठवटा महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको छ।

साथै, लामो समयदेखि चर्चामा रहेको काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई द्वितर्फी बनाउने सहमति र विभिन्न विकास तथा ऊर्जा परियोजनाहरूको संयुक्त उद्घाटन यस भ्रमणका प्रमुख ऐतिहासिक उपलब्धिहरूका रूपमा लिइएका छन्।