कांग्रेस १५ औँ महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान जारी

कांग्रेस १५ औँ महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान जारी

काठमाडौँ । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ। शुक्रबार बिहान ७ बजेदेखि मतदान भइरहेको छ।

ज्येष्ठ महाधिवेशन प्रतिनिधि शोभाकान्त बरालले गण्डकी प्रदेशको तर्फबाट पहिलो मत खसालेका छन्। मतदानका लागि मतदाताहरू बिहानैदेखि लाइनमा बसेका थिए। निर्वाचन समितिका अनुसार दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ। मतदानमा ७ हजार ३ सय १७ महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्।

महाधिवेशन प्रतिनिधिहरूको सहजताका लागि पाँचवटा मतदान केन्द्र तोकिएका छन्।  राष्ट्रिय सभा गृह (मतदान केन्द्र ‘क’): बागमती प्रदेश,खुलामञ्च (मतदान केन्द्र ‘ख’): कोशी प्रदेश तथा तराई-मधेस समूह, हिमाल हल: गण्डकी प्रदेश,तराई-मधेस हल:मधेस प्रदेश र पहाड हल: लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधिहरू मतदान गर्न गर्नेछन्।


मतदान सम्पन्न भएसँगै मतगणना सुरू गर्ने निर्वाचन समितिले जनाएको छ।

छुटाउनुभयो कि ?