कांग्रेस महाधिवेशन : सुनसान चुनदेवी‚ धुमधाम सानेपा

कांग्रेस महाधिवेशन : सुनसान चुनदेवी‚ धुमधाम सानेपा

काठमाडौँ । गगन थापा नेतृत्वको नेपाली कांग्रेसमा १५ औँ महाधिवेशनको रौनक छ । पार्टी कार्यालय सानेपादेखि महाधिवेशनस्थल खुलामञ्च र राष्ट्रिय सभागृहमा यतिबेला कांग्रेसको नयाँ नेतृत्व र कार्यसमिति चयनको सगर्मी छ ।

७ हजारको संख्यामा प्रतिनिधि गगन नेतृत्वको पार्टीको उत्सवमा सहभागी भइरहँदा समानान्तर गतिविधिमा संलग्न पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोलेको कार्यालय भने सुनसान छ । देउवा पक्षले १५ औं महाधिवेशनको तयारी र विभिन्न छलफलका लागि चुनदेवीमा सिंगो घर नै भाडामा लिएर सम्पर्क कार्यालय खोलेको थियो । तर, यहाँ कुनै चहलपहल छैन ।

असोज २० गतेदेखि पालिका अधिवेशन थाल्ने घोषणा गरेको यो पक्ष सबैजसो जिल्लामा वडा अधिवेशन गर्न सकेको छैन ।

छुटाउनुभयो कि ?